देश/प्रदेश

लमजुङमा युरिया मलको अभाव  

By खबरहब

May 21, 2022

लमजुङ – लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले चासो दिएको छैन।

बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकोहोरो मकै गोडे पनि मल अभावका कारण दोहोरो मकै गोड्न नपाएको उनले गुनासो सुनाए । मल अभावमा समयमै मकै गोड्न नपाउँदा मकै उत्पादन घट्ने चिन्ता उनमा देखिन्छ।

मलको अभावले समय घर्किँदासमेत दोहोरो मकै गोड्न नपाएको अर्का किसान कृष्णमाया श्रेष्ठको भनाइ छ ।  लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ ।