देश/प्रदेश

बरहथवा -४ मा गोलाप्रथाबाट छानिए वडाध्यक्ष

By खबरहब

May 21, 2022

सर्लाही – बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । १ हजार ७५ मतदाता रहेको वडामा ९ सय २४ मत खसेको थियो ।

जहाँ नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार लखेन्द्र महतो र नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार शाहले समान मत ३ सय ४ ल्याएका थिए । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।

समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गर्ने निर्णय गरेको थियो । गोलाप्रथाबाट निर्णय हुँदा साह निर्वाचित भएको बरहथवा निर्वाचन कार्यालयका अधिकृत दशरथ पंगेनीले जानकारी दिए । सोही वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार घनश्याम शाहले २ सय ८९ मत, जनता समाजवादी पार्टीका श्यामबाबु गिरीले ३९ र जनमत पार्टीका सुखल साह तेलीले ६ मत प्राप्त गरेका थिए ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।