सर्लाही – सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।
वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।अहिले वडा नम्बर ५ र १३ को गणना अन्तिम भइरहेको छ ।
हालसम्मको मतगणनाअनुसार बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालको अग्रता कायमै छ । उनले ७ हजार ३ सय ८५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विगुप्रसाद चौधरीलाई ३ हजार ८ सय ५४, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ४ हजार ३ सय ४४, जसपाका जय प्रकाश रायलाई हजार १ सय ९ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ६ हजार ३ सय ३३, नेपाली कांग्रेसकी गंगा दाहाललाई ४ हजार ३ सय ६३, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ४ हजार २ सय ८२, जसपाका मिरा सिंह कोइरीलाई २ हजार ४ सय ४० मत र लोसपाकी प्रेम शिला सिंहलाई १ हजार ३ सय ७१ मत प्राप्त भएको छ ।
बरहथवा नगरपालिकाका वडाको सार्वजनिक नतिजा वडा नम्बर १ मा लोसपाका राकेश सहनी -१ हजार २ सय ३२ मत वडा नम्बर २ मा चेत बहादुर राउत -८ सय १५ वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो -७ सय ६२ मत वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह -३ सय ४ मत वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम -५ सय ९६ मत वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव -३ सय २७ मत वडा नम्बर १७ मा जसपाका राम विश्वास राय -७ सय ५१ मत वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो -८ सय ६० वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी -६ सय ९५ मत वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव -३ सय ६८ मत