मनोरञ्जन

‘सुनको चप्पल’ को तयारीमा जुटे निर्देशक वली

By खबरहब

May 21, 2022

काठमाडौँ– दीपक वलीको नयाँ फिल्मको तयारीमा जुटेका छन् । आफू निर्देशित फिल्म ‘कृष्ण लीला’  कोरोना महामारीका कारण प्रदर्शनमा ढिलाई भएपछि उनले नयाँ फिल्मको तयारी थालेका हुन् ।

‘कृष्ण लीला’ को सम्पूर्ण काम सकिएकोले पनि उनलाई नयाँ फिल्मको लागि समय मिलेको हो । उनले निर्देशन गर्ने नयाँ फिल्मको नाम ‘सुनको चप्पल’ राखिएको छ । केही दिन अगाडि मात्र उनले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गराए । फिल्मको नाम चलनचल्तीको भन्दा भिन्न र अनौठो लाग्छ । निर्देशक वलीले फिल्मको कथावस्तुसँग सुहाउने भएकै कारण ‘सुनको चप्पल’ नाम राखिएको बताए । फिल्मको स्क्रिप्ट लेखनको काम निर्देशक समेत रहेका यम थापाले गरिरहेका छन् ।

सन् २०१६ मा ‘रोल्पा रोग’ बाट निर्देशकीय यात्रा आरम्भ गरेका वलीले त्यसपछि ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ फिल्मको निर्देशन गरे ।