बलिउड/हलिउड

बलिउडका ठूला स्टारविरुद्ध उजुरी

By खबरहब

May 21, 2022

काठमाडौँ– बलिउडका ठूला अभिनेताहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।  ‘गुटका’ र ‘पान मसाला’ जस्ता स्वास्थ्यलाई हानी गर्ने तम्बाकुको प्रचार गरेको भन्दै बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अजय देवगण र रणवीर सिंहविरुद्ध बिहारको एक अदालतमा मुद्दा दर्ता भएको हो। 

मुजफ्फरपुरकी तमन्ना हासमले अमिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध मुद्दा दर्ता गरेकी टाइम्स अफ इन्डियामा खबर छ । उनीहरूविरुद्ध धारा ४ सय ६७, ४ सय ६८, ४ सात ३९ र १ सय २० बी अन्तर्गत मुद्दा दायर गरिएको छ। उक्त उजुरीमा ‘पैसाको लोभमा गुटका प्रवर्द्धन गरी आफ्नो लोकप्रियताको दुरुपयोग गरेको’ समेत उल्लेख छ। 

अदालतले यस उजुरीलाई स्वीकार गरिसकेको छ र यस विषयमा मे २७ मा सुनुवाइ हुने बताइएको छ।