प्रतीकात्मक तस्वीर ।

ब्रेकिङ स्टोरी

मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

By खबरहब

May 21, 2022

हेटौंडा : मकवानपुरको सिमखोलामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौ–हेटौंडा सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तीव्र गतिका कारण ट्रक दुर्घटना भएको बताइएको छ । ट्रक दुर्घटना भएर सडककै छेउमा पल्टिएको छ । तर यात्रु भने हुत्तिएर खोलामा पुगेका थिए । दुर्घटनामा गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पाँच जनाको भने हेटौंडामै उपचार भइरहेको छ । मृत्तकको सनाखत हुन बाँकी छ ।