फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा पराजय स्वीकार

By रासस

May 21, 2022

काठमाडौं- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

आम निर्वाचनमा लेबर पार्टी विजयी भएपछि उनले पराजय स्वीकार गरेका हुन् ।

मोरिसनले भने– ‘आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि मैले उहाँलाई बधाई दिएको छु ।’

५४ वर्षीय प्रधानमन्त्रीले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।’

‘हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शङ्का छैन, अबको तीन वर्षपछि म गठबन्धन को सरकार फर्काउने प्रतीक्षामा छु ।’ उनले भने ।