प्रतिकात्मक तस्वीर

देश/प्रदेश

हावाहुरी र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु

By खबरहब

May 21, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा हावाहुरी सहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक – एक जनाको मृत्यु भएको हो ।

यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एकजना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ । भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।