क्रिकेट

हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

By खबरहब

June 21, 2022

काठमाडौँ- नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अङ्क छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।