तस्वीर- ट्विटर/एएनआई

अन्तर्राष्ट्रिय

पहाडका टाकुराबीच केबलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक

By खबरहब

June 21, 2022

काठमाडौँ– भारतमा पहाडमाथि चल्ने केबलकार लामो समयसम्म अड्किएपछि पर्यटकहरु केही समय बीच बाटोमै अलपत्र परेका छन् ।

भारत हिमाचल प्रदेशको परवानु टिम्बर ट्रेलमा पर्यटकहरु बोकेको केबलकार अड्किएपछि त्रसित मध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । पर्यटकहरुले उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।

फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ ।

तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह तीन घण्टाभन्दा बढी समयसम्म फसेको भारतीय अखबार इण्डिया टुडेको अनलाइन संस्करणले जनाएको छ । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबलकारको प्रयोग गरिएको थियो । 

सो क्षेत्रमा सन् १९९२ मा पनि यस्तै घटना भएको बताइएको छ । सन् १९९२ को को १३ अक्टोबरमा सो क्षेत्रमा एक जना अपरेटरले केबलकारबाट हाम फालेका थिए । उक्त घटनामा ती अपरेटरको मृत्यु भएको थियो ।