फाइल फोटो

मुख्य समाचार

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्था : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

By खबरहब

June 21, 2022

काठमाडौँ- राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् ।

आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।

उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए ।

१. प्राइमरी निर्वाचन हुने २. युवालाई ५० प्रतिशत एकको व्यवस्था ३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने ४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था ५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने ६. परिवारवादलाई पूर्ण रूपमा निषेध ७. भ्रातृसंगठन र कार्यकर्तारहित