बलिउड/हलिउड

‘डन ३’ बन्ने चर्चा 

By खबरहब

June 21, 2022

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको अभिनय रहने भनिएको फिल्म  ‘डन ३’ को स्क्रिप्टको काम अगाडी बढेको छ । केही  समय यता एक्सेल इन्टरटेनमेन्टसँग शाहरुखको सम्बन्ध हार्दिक नहुँदा काम रोकिएको थियो । शाहरुख अभिनीत फिल्म ‘जिरो’ सँग एक्सेलले ‘केजीएफ’ प्रदर्शनमा ल्याएको थियो । ‘डन’ सिरिजका निर्देशक फरहान अख्तर समेत रहेको कम्पनीले शाहरुखको फिल्मलाई अप्ठ्यारोमा परेपछि सम्बन्ध केही चिसिएको थियो । 

यद्यपि पछिल्लो समय यी दुईको सम्बन्ध सुधार भइसकेको छ । यसैले गर्दा डनको तेस्रो सिरिजको काम अगाडि बढेको छ । फिल्मको स्क्रिप्टको काम अगाडि बढेको छ । केही आइडियामा फरहानले शाहरुखसँग सहमति लिएका छन् । फरहान आफ्नो टिमसँग त्यसलाई स्क्रिन प्लेमा ल्याउँदैछन् । स्क्रिन प्ले तयार भएपछि फरहानले शाहरुखलाई सुनाएर आउने प्रतिक्रिया पश्चात मात्र ‘डन ३’ को विषयमा घोषणा गरिने भारतीय मिडियामा उल्लेख छ ।

डन र डनको सिक्वेलको सफलता पश्चात यसको तेस्रो सिरिजको पर्खाइमा दर्शक छन् । फिल्ममा यसपटक अमिताभ बच्चनलाई पनि कास्ट गर्ने तयारीमा निर्देशक फरहान रहेका छन् ।