देश/प्रदेश

थप १९ जनामा कोरोना संक्रमण

By खबरहब

June 21, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् ।

हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।