राजनीति

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु)

By खबरहब

June 21, 2022

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट राँके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो।

सरकारले सोमबारबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।