धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिष राना मगर रहेका छन् । भारततर्फ जाँदै गरेको यूपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।