तस्वीर- नेपाली सेना

समाचार

प्रधानसेनापति प्रभुराम शर्माद्वारा लेबनानी प्रधानमन्त्रीसँग शिष्टाचार भेट (फोटो फिचर)

By खबरहब

June 21, 2022

काठमाडौँ- लेबनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिब आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेबनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेबनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् ।