समाचार

विष्णुमती र धोबीखोला क्षेत्रमा बाढीको जोखिम बढ्दै, तटीय क्षेत्रवासीलाई सतर्क रहन आग्रह

By खबरहब

July 21, 2022

काठमाडौँ– बुधवार राति भएको भारी वर्षापछि काठमाडौँका विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ ।

सम्भावित बाढीबाट जोगिन धोबिखोला, विष्णुमती किनार बस्तीका बासिन्दालाई सतर्क रहन भन्दै विभागले सूचना जारी गरेर सचेत रहन आग्रह गरेको हो ।

विभागले बुधबार बेलुका जारी एक सूचना जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार बुधवार राति ८ बजे विष्णुमती र धोविखोलाको जलाधार २ मिटरले बढेको छ। त्यसले सो क्षेत्रमा बाढीको खतरा उच्च रहेको छ विभागले जानकारी दिएको छ।

‘दुई घण्टासम्म परेको निरन्तर वर्षापछि विष्णुमती र धोबीखोलाको जलाधार २ मिटरले बढेको छ’ विभागको सूचनामा भनिएको छ, ‘विष्णुमतीको पानी बस्ती र सडकसम्म आउन सक्ने हुँदा भोलि बिहानसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ।’