ब्रेकिङ स्टोरी

युरोपमा गर्मीले धेरैको ज्यान खतरामा

By मनोज घिमिरे

July 21, 2022

इङ्ल्याण्मा पहिलो पटक ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएको छ। त्यहाँको मौसम विभागले जनाए अनुसार मंगलबार ४०.३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। त्यस भन्दा अगाडि २५ जुलाई १९१९ मा क्याम्ब्रीज बोस्टन गार्डेनमा लिइएको तापक्रम अनुसार ३८.७ डिग्री तापक्रम नै त्यहाँको सबै भन्दा धेरै तापक्रम हो। स्कटल्यान्डमा पनि अहिले ३४.८ डिग्री सेल्सियस पुगेको छ। त्यो पनि त्यहाँको उच्च तापक्रम नै हो।

इङ्ल्याण्डमा सबै भन्दा बढी गर्मी भएका १० मध्यका नौ दिन सन् १९९० यता कै छन्। वेल्समा पनि अहिलेसम्म सबैभन्दा बढी गर्मी भएको दिनमा ३७.१ डिग्री सेल्सियस तापक्रम थियो। इङ्गल्यान्डका १० सबै भन्दा बढी गर्मी भएका दिन मध्यको एक भने ९ अगस्ट १९११ थियो। त्यस समय राउन्ड्समा ३६.७ डिग्री सेल्सियस गर्मी भएको थियो।

बेलायतमा यस भन्दा अगाडि सबै भन्दा बढी तातो हावाको बहाव सन् १९७६ मा आएको थियो। लगातार १५ दिनसम्म ३२ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम भएपछि यसरी हावा नै तातो भएको थियो। त्यो वर्षको सबै भन्दा बढी तापक्रम भएको दिनमा उत्तरी चेल्टेनहाममा ३५.९ डिग्री सेल्सियससम्म पुगेको थियो।

इङ्ल्याण्मा पहिलो पटक ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएको छ। त्यहाँको मौसम विभागले जनाए अनुसार मंगलबार ४०.३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

इङ्गल्यान्डको मौसम विभागको अनुसार धेरै स्थानमा २५ डिग्री सेल्सियस भन्दा बढी गर्मी छ। पश्चिम योर्कसायरको एमेली मुरमा रातको समयमा न्यूनतम तापक्रम २५.९ डिग्री थियो। लन्डनमा प्राय धेरै नै तापक्रम हुने गरेको थियो। त्यहाँ २५.८ डिग्री तापक्रम भएको दिन पनि थियो। यसैगरी चेरिडीगनको न्यूनतम तापक्रम २४.८ थियो।

युरोपेली वन सूचना विभागका अनुसार यो तापक्रमले तातो हावा मात्र होइन डढेलोको सम्भावना समेत बढाउने खालको हो। अहिले नै बेलायतको धेरै स्थानमा डढेलोको समस्या देखिन थालेका छन्। बर्मींङघमको लिक्की पार्कमा सोमबार ५० हजार वर्ग मिटरको क्षेत्रमा आगो लागेको जनाइएको छ। तातो हावाले यसरी असर गरेको समयमा यस्तो डढेलो युरोपका धेरै स्थानमा देख्न थालिएको छ। अहिले बेलायत मात्र होइन, तातो हावाको असर युरोपका धेरै देशमा देखिन थालेका छन्।

फ्रान्समा एक्कासी आगो लाग्न थालेपछि ३० हजार जनाको भागाभाग भएको थियो। धेरैलाई उद्धार गरेर सारिएको थियो। उनीहरूका लागि सेल्टर नै बनाएर व्यवस्थापन गरिएको थियो। बोर्डेक्सको दक्षिण पश्चिम छेउमा रहेको पर्यटकीय क्षेत्र गिरोन्डी अहिले डढेलोले प्रभावित क्षेत्र हो। फ्रान्स भरीबाट दमकल लगेर त्यहाँ आगो निभाइएको थियो। मङ्गलवारसम्ममा त्यहाँ १७ हजार हेक्टर जङ्गल नास भइसकेको थियो।

पोर्चुगल, स्पेन र ग्रिसमा भएको आगलागीका कारण हजारौँ जना विस्थापित भएका छन्। पछिल्ला दिनमा बढेको गर्मीका कारणले मात्र स्पेन र पोर्चुगलमा गरेर एक हजार जनाको ज्यान गएको छ। स्पेनमा कम्तीमा २० वटा आगलागी नियन्त्रण बाहिर गएका छन्। उत्तर पश्चिम जमारो क्षेत्रमा लागेको आगोका कारण दुई जनाको ज्यान गएको छ।

गत बिहीबार पोर्चुगलको तापक्रम त ४७ डिग्री सेल्सियससम्म पुगेको थियो। त्यहाँको मौसम विभागले समेत कुनै पनि समय आगो लाग्न सक्ने जनाइसकेको छ।उत्तरी पोर्चुगलको मौकाआ क्षेत्रमा लागेको आगोका कारण थुप्रै विस्थापित भइसकेका छन्। आगोको मुस्लोबाट बच्न कार भित्र बसेका ७० वर्षको एक जोडीले ज्यान गुमाएको थियो।

बिहीबार पोर्चुगलको तापक्रम त ४७ डिग्री सेल्सियससम्म पुगेको थियो। त्यहाँको मौसम विभागले समेत कुनै पनि समय आगो लाग्न सक्ने जनाइसकेको छ।उत्तरी पोर्चुगलको मौकाआ क्षेत्रमा लागेको आगोका कारण थुप्रै विस्थापित भइसकेका छन्।

मौसमविद् यो तातो हावाको बहाव उत्तरतर्फ लम्किएको जनाएका छन्। बेल्जियम र जर्मनीमा पनि अबका दिनमा ४० डिग्री सेल्सियस नाघ्ने अनुमान गरिएको छ। पछिल्लो समयको यो तातो हावाको बहाव धारिलो र लामो समय कायम रहने जनाइएको छ। मान्छेले जलवायु परिवर्तनको समस्यालाई बेवास्ता गरेका कारण यो समस्या आएको जनाइएको छ । प्री इन्डस्ट्रीयल समयको भन्दा १.१ डिग्री तापक्रममा फरक परिसकेको छ। यसै रफ्तारमा सबै अगाडि बढेमा अझ डरलाग्दो अवस्था आउन सक्ने चेतावनी मौसम विद्हरूले दिइसकेका छन्।

पोर्चुगलको अवस्थाबाट पनि यस गृष्म ऋतुमा युरोपले भोगेको पीडा छर्लङ्ग हुन्छ। त्यहाँको स्वास्थ्य मन्त्रीले दिएको जानकारी अनुसार ७ देखि १३ जुलाइको बीचमा गर्मीकै कारण २ सय ३८ जनाको ज्यान गएको थियो। पोर्चुगलका प्रधानमन्त्री एन्टेनियो कोस्टाले आगो निभाउन गएको जहाजका पाइलटको नै ज्यान गएको बताएका छन्।

ग्रिसको अवस्था पनि राम्रो छैन। त्यहाँको फायर फाइटरले ५० वटा आगो निभाएका छन्। बेलायतमा यस्तै अवस्थामा कायम रहेमा विद्यालय अनिवार्य बन्द गर्नुपर्ने हुनसक्छ। रेलवेका लिगमा पनि समस्या आउन सक्ने जनाइएको छ। एक अध्ययनले जनाए अनुसार पछिल्ला चार दशकदेखि हरेक वर्ष युरोपमा यस्तो तातो हावाको बहाव बढ्दै छ। केही वर्षमा अमेरिकाका पश्चिमी भागमा तातो हावाको उपद्रो मच्चने क्षेत्रलाई पनि युरोपले माथ गर्ने सम्भावना बढी देखिएको छ।

यसअघि फ्रान्समा सन् २००३ मा लुको असर सबैभन्दा बढी परेको थियो। त्यो समयमा १५ हजार मानिसको ज्यान गएको थियो। अहिले १९ वर्ष अगाडिको जस्तो क्षति भने फ्रान्समा पक्कै हुने छैन। यसरी सिङ्गो युरोप नै समस्यामा पर्नुको कारण बारे अनेक अध्ययन भइरहेका छन्। यसको असर र सम्भावनाका बारे पनि त्यत्तिकै अध्ययन भएका छन्। बेलायतका वातावरण वैज्ञानिक निकोस क्रस्टीडीस यसरी तापक्रम बढ्ने र तातो हावा बहनेक्रम अझ धेरै हुनसक्ने जनाउँदै यसमा सावधानी अपनाउन आग्रह गर्न थालेका छन्।

गर्मी बढेसँगै बग्ने पसिनाले शरीरलाई चिसो बनाउन सहयोग गर्छ। छाला नजिक रहेको नसाले यस कुरालाई नियन्त्रित गरेको हुन्छ। जब गर्मी अत्यधिक मात्रामा बढ्न थाल्छ यसले मुटुलाई धेरै दबाब हुन्छ।

यसरी तापक्रम बढ्दै गएपछि मानिसको यसमा सहन गर्ने र यसमा आफूलाई अभ्यस्त राख्न सङ्घर्ष गर्नुपर्ने हुन्छ। तापक्रम बढ्दै जाने र तातो हावा बहन सुरु भएपछि प्रौढ व्यक्तिमा सबैभन्दा असर गर्छ। यस पछिको असर बच्चामा पर्नसक्छ भने अन्य कुनै रोगमा बिरामीलाई पनि यसको असर हुनथाल्छ। कृतिम एयर कन्डिसन तथा अन्य उपाय अपनाउनुको विकल्प हुन सक्दैन। यस समयमा हेलचेक्र्याइँ गरेमा ज्यान नै जोखिममा पर्छ।

गर्मी बढेसँगै बग्ने पसिनाले शरीरलाई चिसो बनाउन सहयोग गर्छ। छाला नजिक रहेको नसाले यस कुरालाई नियन्त्रित गरेको हुन्छ। जब गर्मी अत्यधिक मात्रामा बढ्न थाल्छ यसले मुटुलाई धेरै दबाब हुन्छ। यो बाट मुटुकै समस्या निम्तिन सक्छ। यसका कारण अन्य कुनै अङ्ग फेल हुनसक्छ। एंगीला रस्कीन विश्वविद्यालयका प्राध्यापक डा. सिमोन कर्क बाहिरी वातावरणको तातोलाई नियन्त्रण गर्न पसिनाबाट सम्भव भए पनि शरीर नै पुरै तातेपछि यो सम्भव नहुने बताउँछन्।

तापक्रमको असर यसरी पर्नसक्छ कि कुनै पनि समय मस्तिष्कमा असर गरेर मान्छेले उपचार नै गर्न नसक्ने अवस्था आउन सक्छ।तातोका कारण मर्ने सङ्ख्या अहिले तथ्याङ्कमा देखाइएको भन्दा धेरै बढी हुनसक्ने छ। उच्च तापक्रमकै कारण मानिसको भित्री अङ्ग कमजोर हुने र त्यसले विस्तारै मान्छेलाई थला पारेर पनि ज्यान लिने गरेको छ। यो सङ्ख्या प्राय गर्मीका कारण ज्यान गुमाउनेको सूचीमा समावेश गरिएको छैन। उच्च तापक्रमकै कारण श्वासको प्रश्वासको समस्या पनि धेरै हुने गरेको छ।

अहिलेको यो समस्याको एउटा मुख्य कारण जलवायु परिवर्तन भएको बताउँदै क्रीस्टीडीसले सरकारले तय गरेका मापदण्ड अनुसार चलेमा पनि प्रत्येक १५ वर्षमा एक पटक यस्तो समस्या आउने बताएका छन। यसमा चासो नदिने र गैर जिम्मेवार भएमा त तातो हावा नै मानिसको ज्यान जाने मुख्य कारण बन्ने छ। स्रोत : बीबीसी, न्युयोर्क टाइम्स, पोल टीका