झन्डै ४० वर्षसम्म अर्थात् सन् १९५९ सम्म तिब्बत एउटा स्वतन्त्र देश थियो। जसलाई चीनले समेत सन् १९१३ मा पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको इतिहास छ। त्यतिबेलासम्म त्यहाँका कट्टर बौद्धमार्गीले वास्तविक स्वतन्त्रता उपभोग गरिरहेका थिए। जब सन् १९४९ मा चीनमा कम्युनिस्ट पार्टीको शासन सत्ता स्थापित भयो, उक्त जितपछि तिब्बतको चित्र विस्तारैं फेरिन थाल्यो। कम्युनिष्ट चीनले स्वतन्त्र तिब्बतमाथि आक्रमण गर्यो र आफ्नो कब्जामा लियो। त्यसैले दलाइ लामा भागेर १३ दिनको पैदल तथा घोडचढी यात्रापछि भारत पसे। त्यसपछि तिब्बतको धर्म एवं संस्कृतिसमेत संकटमा पर्यो।
तिब्बको इतिहास हेर्दा, चीनको केन्द्रीय सरकारले १९४९ मा बेइजिङमा तिब्बतसँग दुई पक्षीय दूतावासीय सम्झौता गरेको थियो। ‘ऐतिहासिक तथ्यका अनुसार तिब्बत चीनको एउटा भाग मात्र हो।’ उक्त सम्झौतामा भनिएको छ। यही सम्झौतापछि तिब्बतमा तनाव सुरु भयो। जुन देशका धार्मिक गुरु अर्थात् शासक दलाइ लामाले यो बीचमा थुप्रै अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको रेकर्ड छ। छिमेकी देशसँग तिब्बतको कूटनीतिक सम्बन्ध समेत स्थापित थियो। सन् १९१३ को मे १३ मा दलाई लामाले तिब्बत एउटा स्वतन्त्र देश भएको घोषणा गरेपछि यसलाई चीनले समेत मान्यता दिएको थियो। जसको आफ्नै राष्ट्रिय झण्डा थियो। आफ्नै मुद्रा थियो। आफ्नै राहदानी थियो र आफ्नै सेना थिए। सत्रौं शताब्दीसम्मको विश्व इतिहास हेर्दा मध्य एसियाको उच्च समस्थली भूभागमा रहेको संसारकै उच्च क्षेत्र समेटिएको तिब्बत “विश्वको छहारी अर्थात् च्यया या तजभ ध्यचमि का रुपमा परिचित थियो।
चिनियाँ फौजले दलाई लामा र उनका सहयोगीलाई पक्राउ गर्ने अथवा मार्ने र दरबार ध्वस्त बनाउने नीति लिएपछि १७ मार्चको राति दलाई लामा भेष बदलेर आफ्नी आमा, भाइ, बहिनी तथा निजी सहयोगी र अंग रक्षकका साथ दरबार छाडेर भागे।
जबकी सन् १९४९ भन्दा पहिले तिब्बत र चीन कैबीचमा अलगअलग राष्ट्रको रुपमा थुप्रै सम्झौता भएका थिए। तिब्बत र चीनको बीसौं शताब्दी भन्दा अगाडिको इतिहास हेर्दा तिब्बतको अहिलेको भूगोल लगभग १३ सय वर्षसम्म चार राज्यका रुपमा मंगोल र मञ्चु राजाले बाँडेर शासन गरेको सानो हिस्स हो। छैठौंदेखि नवौं शताब्दीको बीचमा तिब्बतका राजाले साम्राज्य विस्तारका क्रममा चीनको तत्कालीन राजधानी छियाङ्गसम्म आफ्नो झण्डा गाडेका थिए। तर, तिब्बतको साम्राज्य विस्तार अभियान टिक्न सकेन। दर्जनौं राजा रजौटामा विभिन्न धर्म समूहले राज्य चलाउन थाल्यो।
मुलभूमिमा नेतृत्व गर्ने मुख्य धार्मिक शक्तिको अस्तित्व पछिसम्म कायम रह्यो। जसलाई तिब्बत भनियो। तिब्बतका बाँकी प्रान्त अम्दो, खाम र उ–त्साङ हालको अरूणाञ्चल प्रदेश, सिक्किम, भुटान र लद्दाखमा मिसिएका छन्। जहाँ तिब्बती सांस्कृतिक क्रियाकलाप अहिले पनि मेटिएको छैन। यही तिब्बत स्वशासित उत्साङ र पश्चिमी खामका धार्मिक गुरु दलाई लामा बिगत ७२ वर्षदेखि भारतको हिमाञ्चल प्रदेशमा तिब्बत राज्यको विरासत फर्काउने अभियान चलाएर बसेका छन्।
कसरि भयो तिब्बतको विलय ? सन् १९४९ मा तिब्बतसँग दुई पक्षीय दूतावासीय सम्झौता गरेको चीनको केन्द्रीय सरकारले त्यसको एक वर्षपछि सन् १९५० अक्टुबर ७ का दिन तिब्बतमा जनमुक्ति सेना पठायो। १२ दिनसम्म चलेको युद्धपछि चिनियाँ जनमुक्ति सेनाले अक्टुबर १९ का दिन तिब्बतको चाम्डु सहरबाहिर आफ्नो नियन्त्रण कायम गरेको थियो। यो युद्ध लगातार ८ महिनासम्म चल्यो। तिब्बतका धार्मिक नेता दलाई लामा लामो समय पोतला दरबारमा बन्धक बने। युद्ध जित्न नसकिने देखेपछि तिब्बत सरकारले सन् १९५१ को मे २३ का दिन चीनसँग बाध्यभएर १७ बुँदे विवादित सम्झौतामा हस्ताक्षर गर्यो। जसमा दलाई लामाले सहि गरेका थिए। यो सम्झौतामा मुख्य दुई बुँदा थिए, पहिलो, तिब्बत सरकारले राष्ट्रिय प्रतिरक्षालाई बलियो पार्ने र साम्राज्यवादी शक्तिलाई तिब्बती भूमिबाट खेद्ने सिलसिलामा चिनियाँ जनमुक्ति सेनालाई सक्रिय सहयोग गर्ने।
तिब्बतको वैदेशिक सम्बन्ध चीनको केन्द्रीय सरकारले सञ्चालन गर्ने। उसको सेना चरणबद्द रुपमा जनमुक्ति सेनामा विलय गर्ने। त्यस्तै अर्को महत्त्वपूर्ण बुंदामा, केन्द्रीय जनसरकारले तिब्बतको प्रचलित व्यवस्थालाई बदल्न पाउने छैन अथवा दलाई लामाको अन्तर्निहित हैसियत र सत्तालाई चलाउने छैन। चौधौं दलाई लामा र दशौं पन्छन इर्दिनी (लामा) ले चीनको जनसरकारका अध्यक्ष माओ से दुङलाई सत्र धाराको सम्झौताप्रति आफ्नो सहमति जनाउँदै मातृभूमिको एकता र सार्वभौमसत्ताप्रति पूर्ण प्रतिबद्धता दर्शाउने, लेखिएको थियो।
‘हामी उक्त रात तीन वटा अलगअलग समूह बनाएर दरबारबाट भागेका थियौं। रातको १० बजे म पनि चस्मा र पहिरन परिवर्तन गरेर एक साधारण तिब्बती सैनिकको भेषमा दरबारबाट बाहिर निस्कें त्यसबेला मेरो काँधमा एउटा राइफल थियो।’
तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्ने उक्त सम्झौतामा हस्ताक्षर भएपछि, युद्ध अन्त्य भयो। तर, तिब्बतीहरुले देश गुमाउनुको पीडा भुल्न सकेनन्। दलाई लामालाई बन्धक बनाएर, एउटा असहाय देशको सरकारमाथि सैन्य बलको आडमा इच्छाविपरीत असमान सम्झौतामा हस्ताक्षर गराइएको भन्दै तिब्बतीयनले उक्त सन्धिलाई अमान्य घोषणा गर्न दबाब दिन थाले। किनकी धार्मिक गुरुका रुपमा बौद्धमार्गी तिब्बतीयनहरुले पुज्ने दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा मात्र १५ वर्षका थिए। त्यसैले विस्तारैं तिब्बतीयनले आक्रमण र कब्जाको विरोध गरे तर चीनले यही सम्झौतालाई तिब्बतको शान्तिपूर्ण मुक्ति भन्दै व्याख्या गर्यो। १२ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कैयौँ आरोह अवरोह झेलेको तिब्बत त्यसपछि चीनको स्वशासीत क्षेत्रका रुपमा घोषणा भयो। यही एउटा दुःखद दिनको स्मरणमा तिब्बतका नागरिकले अहिले पनि असंगठित रुपमा विश्वका विभिन्न भागमा बसेर स्वतन्त्रताको मागसहित आन्दोलन गरिरहेका छन्। तिब्बतले आफ्नो स्वतन्त्रता आधिकारिक रूपमा फिर्ता गर्न चीन सरकारसँग माग गरिरहेका छन्।
सन् १९५६ देखि सन् १९५९ को मार्च १० सम्म तिब्बतको पुरानै स्वतन्त्र हैसियत माग गरेर आन्दोलन गर्ने कैंयौंले ज्यान गुमाएको इतिहास छ। किनकी यो ३ वर्षको अवधिमा चिनियाँ जनमुक्ति सेनाले युद्धमा तिब्बती फौजलाई परास्त गरेर १७ बुंदे विवादित सम्झौतामा हस्ताक्षर गराएपछि सबैभन्दा बढी आक्रोश पोखिएको कालखण्ड हो। यसलाई तिब्बतीले राष्ट्रिय स्वतन्त्रताका लागि भएको पहिलो विद्रोह भन्ने गरेका छन्। जुन विद्रोहमा हजारौँ मानिसको ज्यान गएको थियो। चीनको जनमुक्ति सेनाको हस्तक्षेप र दुई साता चलेको भयङ्कर हिंसापछि विद्रोह दबाउन चीन सफल भयो। दलाई लामा देश छोडेर भारतमा शरण लिन बाध्य भए।
दलाई लामा काँधमा राइफल बोकेर निस्केका थिए तिब्बत र चीन मामिलामा लामो समय अध्यन गरेका बेलायतका स्वतन्त्र विशेषज्ञ केट स्यान्डर्सले भनेका छन्, सन् १९४९ मा कम्युनिस्ट सेना पूर्वी (खाम) र उत्तरी (आम्डो) तिब्बतमा पसिसकेका थिए। जुन इलाका त्यतिबेला तिब्बती सेनाको कब्जामा थियो। तिब्बतीयन फौजले अन्तिम युद्ध लडिरहेको बेला, चिनियाँ जनमुक्ति सेनाको नियन्त्रणमा पुगेका एक ब्रिटिश रेडियो अपरेटरलाई उद्धृत गर्दै विश्लेषक केटले भनेका छन्, तिब्बती फौजले चीनको सेनासँग अन्तिम समयसम्म लडेको थियो। तर, चिनियाँ सेनाले युद्ध मैदानमा सबै तिब्बती सेनालाई मारेपछि दलाई लामाले देश नै छाडेर भाग्नु पर्यो।
चीनमा माओले सत्ता सम्हालेपछि सबैभन्दा पहिले तिब्बत कब्जामा लिएर संसारकै अग्लो छानोका रुपमा रहेको भूगोललाई चीनको पर्खाल बनाउन चाहेका थिए, किनकी चीनको दक्षिण–पश्चिम सीमामा पर्ने तिब्बत रणनीतिक क्षेत्र हो। जुन उसले गुमाउनै चाहेन। केटको दाबी छ, अहिले चीनले तिब्बतलाई खनिज तथा ऊर्जा भण्डारका रुपमा दोहन गरिरहेको छ। प्राकृतिक रूपमा निकै समृद्ध तिब्बतमा खनिज पदार्थ, लिथीअम, यूरेनिअम र धेरै पानीको श्रोत छ। तिब्बत विश्वकै सबैभन्दा अग्लो र लामो पहाडी मैदान हो र एशियामा बग्ने कैयौँ ठूला नदीको उद्गमस्थल पनि हो। जुन भूगोल तेह्रौँ शताब्दी ताका मङ्गोल साम्राज्यको भाग रहेपनि पछि प्रायः स्वायत्त नै थियो, केटले भनेका छन्।
तिब्बत छाडेर भागेको ८ दिनपछि २५ मार्चका दिन दलाई लामाले पहिलो पटक एउटा विशेष कोडसहित अमेरिकी गुप्तचर निकाय सीआईएलाई सन्देश छाडेका थिए। लामा देश छाडेर भागेको सन्देश तत्कालीन अमेरिकी राष्ट्रपति आइजन आवरलाई पठाएपछि अमेरिकाको आग्रहमा भारतले उनलाई सुरक्षाका निम्ति शरण दिने निर्णय गरेको थियो।
भारतका पूर्वविदेश सचिव निरुपमा रावको पुस्तक “द फ्रेक्चर्ड हिमालयः इण्डिया चाइना तिब्बत” का अनुसार, सन् १९५९ को मार्च १० का दिन चीनले तिब्बत मै दलाई लामालाई एउटा भव्य समारोह आयोजना गरेर मुख्य अतिथिको रुपमा निम्तो गरेको थियो। आफ्ना अंगरक्षक बिना नै कार्यक्रममा सहभागी हुन निम्तो पठाएको चिनियाँ फौजले लामालाई सोही कार्यक्रमको बेला दरबार बाहिर निस्केको मौकामा सजिलै पक्राउ गर्ने नीति बनाएको थियो। तर, दलाई लामा हजारौं चिनियाँ फौजको त्यो भिडमा गएनन्। त्यसको ६ दिनपछि चिनियाँ फौजले दलाई लामा बस्ने नोरबुलिङ दरबार ध्वस्त बनाउने तयारी गरेको हल्ला फैलियो। विस्तारै ल्हासामा चीनीयाँ सशस्त्र फौज आधुनिक हतियारसहित जम्मा हुन थाले। हवाई तथा स्थल मार्गबाट चिनियाँ फौज तिब्बतमा केन्द्रित भइरहेको बेला दलाई लामाको दरबार बाहिर दुई पटक बम विष्फोटको आवाज सुनियो। चिनियाँ फौजले दलाई लामा र उनका सहयोगीलाई पक्राउ गर्ने अथवा मार्ने र दरबार ध्वस्त बनाउने नीति लिएपछि १७ मार्चको राति दलाई लामा भेष बदलेर आफ्नी आमा, भाइ, बहिनी तथा निजी सहयोगी र अंग रक्षकका साथ दरबार छाडेर भागे। जो अहिले भारतको हिमान्चल प्रदेशमा बस्छन्।
दलाई लामाले आफ्नो आत्मकथा “माई ल्याण्ड एण्ड माई पिपुल” मा पनि लेखेका छन्, हामी उक्त रात तीन वटा अलगअलग समूह बनाएर दरबारबाट भागेका थियौं। मेरा शिक्षक सहित ५ जनाको एउटा समूह ट्रकको भित्र लुकेर निस्केको थियो। त्यसपछि मेरी आमा, मेरो भाइ तेनजिङ चोग्याल, बहिनी सेरिङ डोल्मा र मेरो काका भेष बदलेर दरबारबाट निस्केका थिए। आमाले र बहिनीले त चिनियाँ फौजको आँखा छल्न पुरुषको लुगा लगाएका थिए। उनले तिब्बत राज्यको अस्तित्व नामेट भएको क्षण संझिंदै लेखेका छन्, रातको १० बजे म पनि चस्मा र पहिरन परिवर्तन गरेर एक साधारण तिब्बती सैनिकको भेषमा दरवारबाट बाहिर निस्कें त्यसबेला मेरो काँधमा एउटा राइफÞल थियो। मेरा अंगरक्षक र सहयोगी पनि सैनिक कै भेषमा थिए। जब हामी भीड छिचलेर बाहिर निस्कियौं, हामीलाई तिब्बती जनताले नै चिन्न सकेनन्। मैले चस्मा उतारेको थिएँ त्यसैले दरबारबाट बाहिर निस्कंदा को को थिए मैले राम्रोसँग चिन्न सकिन।
हामी भोलिको उज्यालो देख्न पाउँछौं कि पाउँदैनौं भन्ने त्रासमा मात्र थियौं। जब हामी दरबार छाडेर शहर बाहिर पुग्यौं त्यहाँ कैयौं स्थानीय घोडा लिएर पर्खिरहेका रहेछन्। अब हामी बाँच्यौं भन्ने लागेपछि मैले घोडामा चढेर भाग्नु अघि अन्तिम पटक गोजीबाट चस्मा निकालेर लगाएँ र ल्हासातर्फ फर्किएर देश अनि जनतासँग माफी मागें। हजारौं चिनियाँ फौजको आँखा छलेर किचू नदी पार गरेपछि हामी हजारौं स्थानीयको भीडमा हरायौं। ब्रह्मपुत्र नदी पार गरेर तिब्बतको दक्षिणी भेग हुँदै १३ दिन लगाएर हामी भारत पस्यौं।.
१९५९ पछि कैयौँ वर्ष तिब्बतमा निरन्तर प्रदर्शन हुँदै आएको छ र त्यसलाई निर्ममतापूर्वक दमन गरिएको छ। दलाई लामाको दाबी मान्ने हो भने “१९४९ पछि चीनको शासनकालमा मात्र तिब्बत भूमीमा १२ लाख जना मारिइसकेका छन्।”
यस्तै झण्डै ४० वर्ष दलाई लामाको सल्लाहकार सहयोगी रहेका तेन्जिङ ग्याचे तेथोङले लेखेको ‘हिज होलीनेस द फोर्टीन्थ लामाः एन इलेस्ट्रेटेड बायोग्राफी’ का अनुसार, तिब्बत छाडेर भागेको ८ दिनपछि २५ मार्चका दिन दलाई लामाले पहिलो पटक एउटा विशेष कोडसहित अमेरिकी गुप्तचर निकाय सीआईएलाई सन्देश छाडेका थिए। लामा देश छाडेर भागेको सन्देश तत्कालीन अमेरिकी राष्ट्रपति आइजन आवरलाई पठाएपछि अमेरिकाको आग्रहमा भारतले दलाई लामालाई सुरक्षाका निम्ति शरण दिने निर्णय गरेको थियो। देश खोसीएपछि भागेर हिमान्चल पुगेका लामाको साथमा एक हजार भन्दा बढी तिब्बती थिए।
लामासँगै देश छाडेका तेन्जिङ ग्याचे तेथोङले लेखेका छन्, सीआईए के वरिष्ठ अफिसर जोन ग्रीनले २८ मार्चमा दिल्लीलाई अमेरिकी राष्ट्रपतिको सन्देश पठाएका थिए र दलाई लामाको सुरक्षा प्रबन्धका निम्ति आग्रह गरेका थिए। मार्च २६ मै भारतका प्रधानमन्त्री जवाहललाल नेहरूलाई हामीले देश छाडेर भागिरहेको सन्देश पठाइसकेका थियौं। हामी तिब्बतको सोना इलाकाबाट भारत पस्दै छौं, भारत भूमीमा हामीलाई मानवीय हिसावले सुरक्षित बस्ने प्रबन्ध मिलाइदिने आशा छ, हाम्रो सन्देश लिएर दार्जिलिङमा रहेका ग्याल्मो थौनडुप तपाईंलाई भेट्न आउंदै छन्। हामीले यस्तो सन्देश पठाएको केही दिन मै भारतलाई मानवीय सहायताका निम्ति विश्वका धेरै मुलुकले दबाब दिइसकेका थिए’, पुस्तकमा उनले लेखेका छन्। त्यसबेला दलाई लामाका भाइ ग्याल्मो थौनडुप दार्जिलिंङ पुगिसकेका थिए।
यस्तै लामो समय भारतको हिमान्चलमा आफ्नै तिब्बतीयन शैलीको शासन सत्ता चलाई रहेका धर्मगुरु दलाई लामाले आफ्नो तिब्बत बिलयको स्मरणमा लेखेका छन्, १९५९ पछि कैैयौँ वर्ष तिब्बतमा निरन्तर प्रदर्शन हुँदै आएको छ र त्यसलाई निर्ममतापूर्वक दमन गरिएको छ। दलाई लामाको दाबी मान्ने हो भने “१९४९ पछि चीनको शासनकालमा मात्र तिब्बत भूमीमा १२ लाख जना मारिइसकेका छन्।” तर चीनले लामाको यो दाबीलाई मिथ्या भन्दै आएको छ।
१९८९ मा दलाई लामाले नोबेल शान्ति पुरस्कार पाए। जो आज पनि तिब्बत स्वायत्त देशको माग गरिरहेका छन्। चीन अहिले पनि तिब्बतमाथि आफ्नो सदैव आधिपत्य रहेको र केही समय अस्थायी रूपमा तिब्बतलाई स्वायत्त क्षेत्रको रुपमा छाडेको दाबी गरिरहेको छ।
चीनले तिब्बतमा भएको दमन र मानवीय हताहतिको स्वतन्त्र तथ्याङ्क सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय मानवअधिकारवादी निकाय उक्त संख्या दुई लाखदेखि आठ लाखको बीचमा रहेको अनुमान गर्दै आएका छन्। यती ठूलो मानवीय हताहति पछि पनि तिब्बत शान्त छैन। विरोध प्रदर्शन बढ्दो छ। स्थानीय संस्कृतिमाथिको आक्रमणविरुद्ध निरन्तर आवाज उठाउने दमनको शिकार भइरहेका छन्। चिनियाँ सेनाको आफूप्रतिको व्यवहारलाई लिएर विरोधको स्वर विश्वव्यापी फैंलिंदो छ। उनीहरुको आरोप छ, सन् १९६० देखि ७० को बीचमा चीनले सांस्कृतिक क्रान्तिको आवरणमा स्थानीय विहार तहसनहस बनाएको छ। सन् १९८० बाट तिब्बतको संस्कृति फेरि समृद्ध गराउने भन्दै तिब्बतको मौलिकता मासिइएको छ।
सन् १९१३ मा चीनबाट पूर्वस्वतन्त्र देशको मान्यता तिब्बत स्वतन्त्र र स्वायत्त मुलुकको रुपमा रहंदा पनि दलाई लामा चुन्ने विषयमा चीनको भूमीका रहन्थ्यो। यसमा तिब्बतीयन खुशी थिएनन्। यही बिबाद कै पृष्ठभूमिमा १९०९ मा १३ औँ दलाई लामाले धार्मिक गुरुका रुपमा जिम्मेवारी सम्हालेका थिए। तिनै १३ औं दलाई लामाले सन् १९१२ को अप्रिलमा भएको युद्धमा चिनियाँ सेनालाई घुँडा टेकाएपछि तिब्बतलाई एउटा स्वतन्त्र देश घोषणा गरे। सन् १९१२ मा सनयात सेनको नेतृत्वमा चीनबाट भर्खरै राजतन्त्रको अन्त्य भएको थियो। चीन ठूलो राजनीतिक उथलपुथलमा फसेको थियो। छिङ् राजतन्त्रको पतन र नयाँ सत्ता संक्रमणकै समयमा भारतमा शासन गरिरहेका अंग्रेजले सन् १९२३ मा सिमला सम्मेलनमार्फत् ब्रिटिस इन्डिया, चीन र तिब्बतका बीचमा त्रिपक्षीय सम्झौताको प्रस्ताव गरेको भेट्टाइन्छ। यसको अर्थ सन् १९२३ सम्म पनि तिब्बत स्वतन्त्र राज्यको हैंसियतमा थियो।
चीनमा भर्खरै रिपब्लिक अफ चाइनाको उदय भएको थियो। चीनले १९१२ मा तिब्बतसँगको युद्धमा हार स्वीकारेपछि सन् १९१३ मा तिब्बतलाई पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको थियो। त्यसपछि तत्कालीन बेलायत सरकारले तिब्बतसँग बेग्लै राष्ट्रको हैंसियतमा एउटा व्यापार सम्झौतामा हस्ताक्षर नै गरेको देखिन्छ। तर, स्वतन्त्र तिब्बतको अभियान चलेको ४० वर्षपछि चीनले पुनः तिब्बतमा सशस्त्र हमला गरेर तिब्बत नै बिलय गराई दियो। १३ औं दलाई लामाले तिब्बत राज्य घोषणा गरेको करिब ४० वर्षपछि सन् १९५९ मा चीनले हमला गर्दा तिब्बतमा १४ औं दलाई लामा अर्थात् उत्तराधिकारी चुन्ने प्रक्रिया चलिरहेको थियो, जो पछि भागेर भारत पुगे। त्यसको १० वर्ष तिब्बतले चिनियाँ हस्तक्षेपबिरुद्ध निरन्तर विद्रोह गरिरह्यो। तर, विद्रोह असफल भएपछि सन् १९५९ मा दलाई लामा नै केही आफ्ना सहयोगीका साथ हजारौं फौजको सुरक्षा घेरामा देश छाडेर भारत पसे। चीनमा माउत्सेतुङको शासन थियो र दलाई लामालाई शरण दिएको विषयमा चीन र भारतका बीचमा सम्बन्ध समेत बिग्रिन पुग्यो।
विश्वका विभिन्न मञ्चमा पुगेर दलाई लामाले दिएको अभिव्यक्तिलाई मान्ने हो भने ७२ वर्षयता तिब्बत चिनियाँ फौजको हिरासतमा छ।
चीनले तिब्बतमा गरेको सैन्य दमन र त्यहाँ भएको मानवीय हताहतिका कारण बाँकी विश्वले दलाई लामाको शान्तिपूर्ण विद्रोह र अपिलमा साथ दिइरह्यो। विद्रोह त सफल हुन सकेन तर दलाई लामाको छवि शान्तिको प्रतिकका रुपमा स्थापित भयो। उनले देश छाडेर भारतमा शरण लिँदा लिंदै बाँकी विश्वसँग राम्रो सम्बन्ध स्थापित गरे। १९८९ मा दलाई लामाले नोबेल शान्ति पुरस्कार पाए। जो आज पनि तिब्बत स्वायत्त देशको माग गरिरहेका छन्। चीन अहिले पनि तिब्बतमाथि आफ्नो सदैव आधिपत्य रहेको र केही समय अस्थायी रूपमा तिब्बतलाई स्वायत्त क्षेत्रको रुपमा छाडेको दाबी गरिरहेको छ।
तिब्बतको अनौठो राजनीतिक प्रणाली विश्वको इतिहास हेर्दा तिब्बत आधुनिकताको सन्दर्भमा राष्ट्रका रुपमा लामो समय अस्तित्वमा रहेन। तर, यो भूगोलमा अहिलेसम्म पनि विश्वको सबैभन्दा भिन्न किसिमको संस्कृति विद्यमान छ। अध्यनका लागि त्यहाँको भाषा, धर्म र राजनीतिक प्रणाली निकै अनौठो मानिन्छ। तिब्बतमा चिनियाँ फौजले हमला गर्दा नष्ट भएका कैयौँ बिहार फेरि बनाइएको छ। तर, तिब्बतको निर्वासित सरकार त्यसलाई स्थानीय संस्कृतिको सुरक्षाभन्दा पनि पर्यटक बढाउन चीनले गरेको लगानी भन्छ। विश्वका विभिन्न मञ्चमा पुगेर दलाई लामाले दिएको अभिव्यक्तिलाई मान्ने हो भने ७२ वर्षयता तिब्बत चिनियाँ फौजको हिरासतमा छ। एम्नेस्टी इन्टरनेशनल जस्ता मानवअधिकारवादी संस्थाको प्रतिवेदन हेर्दा, तिब्बत भूगोल मात्र होइन कैयौं तिब्बती बन्दी पनि कठोर हिरासतमा छन् र उनीहरुलाई यातना दिइएको छ र हराएको देश फिर्ता माग्दै विद्रोह गर्नेहरु मारिएका छन्। आत्मदाह गर्नेको त झन कुनै लेखाजोखा नै छैन।
जेमस्टाउन फाउन्डेशनले निकालेको एउटा प्रतिवेदनमा भनिएको छ, चीनले तिब्बतमा हजारौँ मानिसलाई सैन्य शैलीको प्रशिक्षण केन्द्रमा राखेको छ र उनीहरु त्यही शिविर भित्र श्रम गर्न बाध्य छन्। तिब्बत मामिलाका जानकार के स्यान्डर्सलाई उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ, “शिनजियाङमा ठूलो संख्यामा उइगर मुस्लिमलाई नजरबन्दमा राखेजस्तै कैयौं तिब्बत चीन सरकारको श्रम शिविरमा थुनिएका छन्। चीनले तिब्बतका मानिससँग धर्मगुरुप्रतिको उनीहरूको समर्पण र धार्मिक पहिचानलाई एउटा खतरनाक भाइरसको रूपमा व्यवहार गरिरहेको छ।”
दलाई लामा अहिले पनि चीनलाई रिझाएर बीचको बाटो निकाल्न माग गरिरहेका छन्। उनी तिब्बतलाई चीन कै अभिन्न अंग स्वीकार गर्न तयार छन्। तर, तिब्बतलाई पर्याप्त स्वायत्तता दिइयोस् भन्ने माग छ।
गएको वर्ष विश्व कोरोना महामारीले आक्रान्त भएको बेला, टाइम पत्रिकामा दलाई लामाले एउटा लेख छपाएका थिए। जतिबेला तिब्बतका केही अनुयायीले सामाजिक सञ्जालमा कोरोना महामारिबाट बच्नका लागि भन्दै प्रार्थना गरिरहेका थिए र उनीहरुलाई चीन सरकारले पक्राउ गरेर जेल चलान गरिरहेको थियो। त्यही समयमा लामाले मध्यमार्गी सन्देश उक्त पत्रिकामा छपाएका थिए। लामाले महामारीसँग लड्न प्रार्थना गर्नु पर्याप्त नहुने भन्दै दयालु र रचनात्मक बन्न अनुयायीलाई आह्वान गर्दा चिनियाँले समेत प्रशंसा गरेका थिए। किनकी लामा अहिले पनि चीनलाई रिझाएर एउटा बीचको बाटो निकाल्न माग गरिरहेका छन्। उनी तिब्बतलाई चीन कै अभिन्न अंग स्वीकार गर्न तयार छन्। तर, तिब्बतलाई पर्याप्त स्वायत्तता दिइयोस् भन्ने माग गरिरहेका छन्। तिब्बतका राष्ट्रवादी युवाहरुले भने अहिले पनि पूर्ण स्वतन्त्रताको माग छाडेका छैनन।
तिब्बतको शान्तिपूर्ण मुक्ति कि विलय ? २०७८ साल साउन पहिलो साता चिनियाँ राष्ट्रपति सी चिन फिङले पहिलो पटक नेपाल र भारतसँग सीमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका थिए। एक वर्ष पहिले स्थिरता, विकास, परिस्थिति र सीमा क्षेत्रमा स्थिरतासहित चार प्रमुख मुद्दालाई केन्द्रमा राखेर तिब्बतको पहिलो भ्रमण गरेका सीले त्यसयता पनि सीमा क्षेत्रको सुरक्षामा बढी चासो दिएको देखिन्छ। जुन नेपाल र भारततर्फ बढी केन्द्रित छ। नेपालका सन्दर्भमा उत्तरमा १४ सय १४ किलोमिटर सीमा जोडिएको छ जुन विकट हिमालय क्षेत्र हुँदै तिब्बतको पठारसँग जोडिएको छ। नेपालले सन् १७९१/९२ मा यही क्षेत्रबाट तिब्बतमाथि आक्रमण गर्दा भोट–नेपाल युद्धमा तिब्बतलाई सहयोग गर्न धेरै पटक चिनियाँ सेना आएको थियो। पछि नेपालको गोर्खा सेनासँग तिब्बत सरकारले सम्झौता गरेको थियो। यो अकाट्य इतिहासले पनि तिब्बतका युवालाई विद्रोही बनाएको हो।
त्यसोत, सन् १९५० को दशकमा चीनले आफूमा गाभेको तिब्बतको संवेदनशील भूमिभएकाले बेइजिङले सधैं सुरक्षा आँखाबाट नेपाललाई हेर्ने गरेको छ। उता भारतसँग सीमा जोडीएको भूगोल पनि चीनको संवेदनशील अङ्ग (अन्डरबेली) नै धेरै छ। त्यस क्षेत्रमा दुई मुलुकका बीचमा पटकपटक सीमा विवाद उत्कर्षमा पुग्ने गरेको छ। गएको वर्ष सीले पहिलो पटक तिब्बत भ्रमण गर्दा तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सव मात्र परेको थिएन, सीमा क्षेत्रमा दुई मुलुकका बीचमा श्रृंखलाबद्ध मुक्का मुक्की चलिरहेको थियो। सीले तिब्बत भ्रमणका क्रममा भनेका थिए, विगत ७० वर्षमा तिब्बतले सामाजिक प्रणालीमा ऐतिहासिक प्रगति गरेको छ र पूर्ण आर्थिक र सामाजिक विकासको अनुभूति भएको छ।
तिब्बतमा सन् १९५१ मा केन्द्रीय जनसेनाको उपस्थिति र सन् १९५९ मा विद्रोहमा उत्रिएका दलाई लामालाई चीनले नियन्त्रणमा लिएपछि तिब्बत स्वायत्त सरकारको सूत्रपात हुनपुग्यो।
जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ। नयाँ चीन र नयाँ तिब्बत सँगसंगै अघि बढेका छन्। राष्ट्रपति सीको यो भनाइ बाट पनि, ७० वर्ष पहिले तिब्बत तिब्बत कै रुपमा थियो, ७० वर्षयता यो भूगोललाई चीनले आफ्नो शासित् क्षेत्र बनाएर विकास गरिरहेको छ भन्ने प्रष्ट हुन्छ। सीले भनेका थिए, ‘तिब्बती र चिनियाँ पुरातात्विक निष्कर्षहरु र ऐतिहासिक दस्तावेजहरु हेर्ने हो भने तिब्बती जातीयता र चीनका मुख्य क्षेत्रका जातीयताका बीचमा प्राचिन समयमा पनि मैत्रीपूर्ण सम्बन्ध थियो। सीले भ्रमणका क्रममा तिब्बतको कहिल्यै नमेटिने इतिहास स्मरण गर्दै त्यसमा चीनसँगको हार्दिकता जोडेका थिए। किनकी सातौं शताब्दीमा चीनमा थान वंशको शासन छँदा तिब्बती नेता सोङ्गचाङ्ग गम्पोले प्रभावशाली १० जनजातिलाई एकीकृत बनाएको इतिहास छ। उनले थाङ सम्राटकी राजकुमारी बेन्चिङ्गसँग विवाह गरेर चीनसँग घनिष्ट सम्बन्ध स्थापित गराएका थिए भन्ने इतिहास चिनियाँले नै लेखेका छन्। जुन इतिहासले पनि तिब्बत एउटा स्वतन्त्र शक्तिशाली राष्ट्र थियो भन्ने पुष्टि गर्छ। तर तेह्रौं शताब्दीको मध्यतिर तिब्बत औपचारिक रुपमा चीनको अभिन्न अंग बन्नपुग्यो।
चीन केन्द्रीय सरकारले गणतन्त्र स्थापनापछि सन् १९१२ मा हान, मन्चु, मंगोल, हुई र तिब्बती जातीलाई मिलाएर एउटै राज्य घोषणा गरेको र यसलाई राष्ट्रिय एकीकरणको आधार मान्दै राष्ट्रिय झण्डामा पाँच जातिको प्रतिनिधित्व पाँच तारा राखेको थियो। तिब्बतमा सन् १९५१ मा केन्द्रीय जनसेनाको उपस्थिति र सन् १९५९ मा विद्रोहमा उत्रिएका दलाई लामालाई चीनले नियन्त्रणमा लिएपछि तिब्बत स्वायत्त सरकारको सूत्रपात हुनपुग्यो।
यसरी भयो तिब्बत कब्जा १२ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तिब्बतको सीमाना नेपाल, भारत, भुटान, वर्मा र पाकिस्तानसँग जोडिएको छ। जहाँ दलाई लामाले देश छाड्दा ९ लाख ८० हजार नागरिक बस्थे भने अहिले करिब ३० लाख नागरिक बस्छन्। यसमा ९२ प्रतिशत भन्दा बढी तिब्बती जनजाति छन्। प्राकृतिक स्रोतका हिसाबले प्रचुर सम्भावना बोकेको तिब्बतमा ३.५ मिलियन हेक्टर जमिनमा खेती हुन्छ। १.२४४ विलियन हेक्टर जमिन घाँसपात मुक्त छ भने ७.६४ मिलियन हेक्टर जंगलले ढाकिएको छ। यो जलशक्ति, सौर्यशक्ति, भूगर्भीय शक्ति तथा वायुशक्तिको भण्डार क्षेत्र हो।
लामो समय स्वतन्त्र राज्यका रुपमा रहेको तिब्बतसँग नेपालको पुरानो व्यापारिक सम्बन्ध जोडिएको छ। १० मार्च १९५९ सम्म तिब्बतको राजधानी ल्हासासँग नेपालका विभिन्न राज्यको सरकारले राम्रो सम्बन्ध स्थापित गरेका थिए। १४ औं दलाई लामाले सन् १९५९ मा तिब्बत छोडेपछि खाम र अम्बो क्षेत्रमा तिब्बती विद्रोही र चिनियाँ सेनाबीच सन् १९६२ सम्म छापामार युद्ध नै चल्यो।
चीनले यसबेला दलाई लामा भारतमा शरण लिन गएको विषय चर्काएर बौद्ध धर्मावलम्बी भएको सिक्किमलाई समेत गाभ्न खोजेको थियो। चीनले लद्दाख र अरुणाचल प्रदेश जस्तै सिक्किमलाई पनि तिब्बतकै एक भूभागको व्यवहार गर्न थालेपछि भारतले सिक्किम र चीनको सीमालाई जोड्ने ‘नाथुला भञ्ज्याङ्’ नै बन्द गरिदिएको थियो। सन् २००५ मा चीनले सिक्किमलाई ‘भारतको अभिन्न अङ्ग’ को मान्यता दिएपछि ४४ वर्षपछि सन् २००६ मा यो नाका पुनः खुल्यो। तिब्बत चीनमा विलय भएजस्तै तीन सय वर्षको इतिहास बोकेको राजतन्त्रात्मक पहाडी अधिराज्य सिक्किम पनि लेन्डुप दोर्जी खाङ्सर्पाहरुको नियोजित राजनीतिका कारण भारतमा विलय भयो। जसको सुरुवात लेन्डुप दोर्जीको सिक्किम स्टेट कांग्रेसले गरेको थियो।
१२ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तिब्बतको सीमाना नेपाल, भारत, भुटान, वर्मा र पाकिस्तानसँग जोडिएको छ। जहाँ दलाई लामाले देश छाड्दा ९ लाख ८० हजार नागरिक बस्थे भने अहिले करिब ३० लाख नागरिक बस्छन्।
यही सिक्कीम र तिब्बत बिलयको पृष्ठभूमीमा सधै नेपालले तिब्बतको संवेदनशीलतालाई बुझ्नुपर्छ भन्ने चीनको एउटा दबाब रहन्छ। नेपालमा भारत अथवा अमेरिका वा पश्चिमा शक्तिराष्ट्रको भूमीका कमजोर हुनुपर्छ भन्ने चीनको खुलेआम शर्त पोखिने गरेको छ। बेला बेलामा चिनियाँ अधिकारीले लद्दाख, सिक्किम, नेपाल, भुटान र अरुणाचल प्रदेश समेतलाई जोडेर आफ्नो पाँच औंले नीतिको चर्चा गराएर झस्काउने गरेका छन्। जसलाई १९५० ताका नर्थ इस्ट फ्रन्टियर एजेन्सी नेफा नाम दिइएको थियो। अहिले पनि बेइजिङले यही नेफा नीति अन्तर्गत्को भूगोललाई चीनका पाँच औला भनेर व्याख्या गरिरहेको छ।
तिब्बत चीनको अभिन्न अंग हो भन्नेमा पूर्ण ऐक्यबद्धता जनाउन दबाब दिइरहेको छ । नत्र रसियाले युक्रेनमा हमला गरे जस्तै चीनले नेपालमा हमला गर्नसक्छ। चीनले जसरी तिब्बतलाई निल्यो र भारतले सिक्किम निल्यो त्यसैगरी नेपाल निलिन सक्छ। चीनको तिब्बत सम्बन्धी संवेदनशीलतालाई नजरअन्दाज गर्न मिल्दैन भन्ने एकोहोरो अभिव्यक्ति पनि सुनिने गरेको छ। एक चीन नीति प्रतिको प्रतिबद्धता अथवा विशाल भारत राज्यको अखण्डता प्रतिको प्रतिवद्धता यथावत राख्दैः तिब्बतको अस्तित्व नामेट भएको यो विषय अथवा सिक्किम बिलयको तीतो इतिहास कहिलेसम्म लुकाएर बस्ने त ?