फाइल तस्वीर

ब्रेकिङ स्टोरी

जनार्दनको बयान-‘बजेट निर्माणमा अनधिकृत व्यक्त्रि आएकै छैन’

By खबरहब

July 21, 2022

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति लगेको आरोपको अस्वीकार गरेका छन् ।

आज बिहान संसदीय छानविन विशेष समितिको बैठकमा उनले संसदमा बजेट पेश गर्नुको अघिल्लो रात अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।

संसदीय छानविन समितिमा बयान दिन सिंहदरबार पुगेका उनले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी दोहोर्‍याएका छन् । ‘अर्थ मन्त्रालयमा सुरक्षाकर्मी र मर्यादापलकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना हुँदैन । पसेको भएक थाहा भैहाल्थियो नि ।’ उनले भनेका छन् ।

त्यसक्रममा उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई नहुने पनि बताए । अनधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।