खेलकुद

भलिबल संघको निर्वाचन भदौ २२ गते

By खबरहब

July 21, 2022

काठमाडौँ- नेपाल भलिवस संघ (एनभिए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन ।

आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।