फाइल तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

द्रौपदी मुर्मू बनिन् भारतको नयाँ राष्ट्रपति

By खबरहब

July 21, 2022

काठमाडौँ- भारतीय राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएकी छिन् ।

भारतमा सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । तेस्रो चरणको मतगणना सकिँदासम्म मुर्मुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले जनाएको छ ।

हालसम्म गणना गरिएका ३ हजार २ सय १९ मतमध्ये मुर्मले २१६१ मत प्राप्त गरेकी छिन् भने सिन्हाले केबल १०५८ मत प्राप्त गरेका छन् ।

यससँगै ६४ वर्षीया मुर्मु भारतको पहिलो जनजाती एवम् दोस्रो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।

उनको जितसँगै भारतीय जनता पार्टीका नेता कार्यकर्ताले भारतका ठाउँठाउँमा विजय उत्सव मनाएको बताइएको छ ।