सांकेतिक तस्वीर ।

अपराध

लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ

By खबरहब

July 21, 2022

काभ्रेपलाञ्चोक – लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो । उनीमाथि आज अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरुसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ । उनले पीडितको बारेमा अफवाहसमेत फैलाएको पाइएको ब्युरोले जनाएको छ ।