फोटो फिचर

दृश्य र भावनाको हट रोमान्स [फोटोफिचर]

By कुबेर डंगोल

August 21, 2022

काठमाडौँ- पछिल्लो समयका चल्ती मोडल हुन्, भावना गुरुङ र दृश्य सुवेदी । दृश्य आधुनिक गीतमा जमेका मोडल हुन् । भावना भने लोकदोहोरी र आधुनिक गीतमा पनि अभिनय गरेकी छन् ।

भावनाले केही गुरुङ भाषाका फिल्ममा समेत अभिनय गरेकी छन् । गोरखामा जन्मिएकी भावना गुरुङले चितवनको सप्तगण्डकी कलेजबाट प्लस टू पास गरेर अहिले काठमाडौँमा स्नातक तहको अध्ययन गरिरहेकी छन् ।

भावनाले ‘स्वर्ग मेरो गाउँ’ नामक फिल्ममा समेत अभिनय गरेकी छन् । भावनासँगको मोडलिङमा हट देखिएका दृश्य भने आधुनिक गीतमा जमेका मोडल हुन् । दुवैले ‘हट एण्ड रोमान्टिक’ मुडमा फोटो सेसन गरेका छन् ।