फाइल तस्वीर

राजनीति

सांसद् गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

By खबरहब

August 21, 2022

काठमाडौँ – प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ।

गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव शरीरलाई दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।

गिरीको शवको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ।