ब्रेकिङ स्टोरी

गिरिलाई श्रद्धाञ्जली दिन देउवा र ओली पुगे पशुपति आर्यघाट 

By खबरहब

August 21, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् ।

शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ ।  गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।