देश/प्रदेश

थप २८६ जनामा कोरोना संक्रमण

By खबरहब

August 21, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परीक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परीक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन् ।

 हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।