अन्तर्राष्ट्रिय

चीनमा भारी वर्षाका कारण आएको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

By खबरहब

August 21, 2022

काठमाडौँ- चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाढी र आँधीबाट अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

राति १०ः२५ बजेबाट शुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई बाढी गाउँ प्रवेश गरेको थियो ।

यसअघि बेपत्ता भएका २३ जनाको पनि उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालु भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन् ।