देश/प्रदेश

गर्भवतीलाई मासिक एक हजार दिने तयारी गर्दै छथर जोरपाटी गाउँपालिका

By खबरहब

August 21, 2022

तेह्रथुम- छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेको जनाएको छ ।

 गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नौ हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

आर्थिक रूपमा कमजोर गर्भवतीलाई राहत होस भन्ने उद्देश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रूपमा विपन्न परिवारका महिलालाई राहत मिल्नेछ ।