देश/प्रदेश

वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन, ६१ पदाधिकारी

By खबरहब

August 21, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।

काठमाडौमा सम्पन्न राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्षमा चयन गरेको हो ।उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । भेलाले ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । ६१ जना पदाधिकारी चयन भएका छन् ।

विधानमा १९९ सदस्यीय केन्द्रीय कमिटी र २३ सचिवसहित ३५ पदाधिकारी हुने व्यवस्था थियो । तर आकांक्षीहरुको व्यवस्थाका लागि केन्द्रीय समिति र पदाधिकारी दुबै जम्बो बनाइएको छ ।

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए ।