फाइल फोटो

देश/प्रदेश

१७ औँ दिनमा निहारिकाले तोडिन् अनसन

By खबरहब

August 21, 2022

काठमाडौँ– सरकारसँग तीन बुँदे सहमति भएपछि निहारिका राजपुतले अनसन तोडेकी छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतले अनशन तोडेकी हुन् । उनी विभिन्न माग राख्दै विगत १७ दिनदेखि अनसन बस्दै आएकी थिइन् ।

सहमतिपत्रमा राजपुतको माग र अनुरोधबमोजिम उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने कुरा उल्लेख गरिएको छ ।

, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने र माग पूरा भएकोले राजपुतले आजैका मितिबाट अनशन अन्त्य गर्ने उल्लेख छ । सार्थ डिएनए परिक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने समेत सहमति भएको छ ।