फाइल फोटो

ब्रेकिङ स्टोरी

सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

By खबरहब

September 21, 2022

काठमाडौं – प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ।

मंगलबार बिहान र साँझ भएको छलफल निष्कर्ष विहीन भए पछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो।

कार्यदलका सदस्य हिमलाल पुरीले आज बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका छन्।

प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी सत्ता गठबन्धनको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन्।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका हुन्।