तस्वीर‍- अनमिस

अन्तर्राष्ट्रिय

दक्षिण सुडानका विस्थापितलाई सहयोग गर्न राष्ट्रसंघीय एजेन्सीको अपिल

By खबरहब

September 21, 2022

काठमाडौँ- मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सीले दक्षिण सुडानमा विस्थापित भएका नागरिकको सहयोगका लागि अपिल गरेका छन् । सो देशमा रहेका नागरिकमा पछिल्लो समय मानवीय सहायताको ठूलो खाँचो परेकाले सहयोगका लागि सो आग्रह गरिएको हो ।

दक्षिण सुडानको अपर नाइल र जाङ्गेली राज्यमा यसरी विस्थापित हुनेहरुको ठूलो सङ्ख्या रहेकाले उनीहरुको सहयोगका लागि सो आग्रह गरिएको हो । सो क्षेत्रमा सहायताका वितरणका लागि जानसक्ने सुरक्षित मार्ग समेत नभएकाले सो कार्यका लागि समेत सहायता वितरण गरिरहेका अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुले अपिल गरेका छन् ।

उनीहरुले यस देशमा विगत लामो समयदेखिएको आन्तरिक द्वन्द्वका कारण दिन प्रतिदिन हजारौँ नागरिक विस्थापित भएको उनीहरुलाई मानवीय सहायताको खाँचो परिरहेको बताएका छन् ।

साथै पछिल्लो समयमा मानवीय सहायताको खाँचो परिरहेको क्षेत्रका नागरिकहरुसम्म पुग्न पनि सहायताकर्मीका लागि समस्या परेकाले यस विषयमा सोच्न सबै अन्तर्राष्टिय समुदाय र संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका हुन् ।