अपराध

बर्दियाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

By खबरहब

September 21, 2022

बर्दिया – अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पद्धार्थ सहित प्रहरीले २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–६ आनन्द टोल बस्ने ४२ वर्षीय हेमराज गिरी र सोही नगरपालिका–५ सन्तोषी टोल बस्ने ३७ वर्षीय सफल ज्ञवाली रहेका छन् ।

बढैयाताल गाउँपालिका–८ रिहारबाट खैरो पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे।११ प ४२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई सो पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।