तस्वीर- एफपी

अन्तर्राष्ट्रिय

तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको राष्ट्रसंघको आरोप

By खबरहब

September 21, 2022

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ ।

तालिबान अधिकारीले आफ्ना महिला कर्मचारीलाई धम्क्याएको एवम् दुर्व्यवहार गरेको राष्ट्रसंघले आरोप लगाएको हो ।

‘संयुक्त राष्ट्रसंघका अफगान महिला कर्मचारीमाथि अधिकारीले दुव्र्यवहार गर्ने गरेको देखिएको छ ।’ अफगानिस्तानमा राष्ट्रसंघीय सहयोग नियोग युनामाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसअघि तालिबानले राष्ट्रसंघका तीन महिलालाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

‘आफ्ना अफगान महिला कर्मचारीमाथि धम्की एवम् दुर्व्यवहारका कार्य तत्काल बन्द गर्न राष्ट्रसंघ आह्वान गर्दछ ।’ युनामाको विज्ञप्तिमा जनाइएको छ ।

यता तालिबानले भने राष्ट्रसंघको आरोप खण्डन गरेको छ । तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले राष्ट्रसंघको आरोप असत्य भएको प्रतिक्रिया दिएका छन् ।

‘युनामाले जारी गरेको सूचनामा सत्यता छैन… कसैलाई पनि नियन्त्रणमा लिइएको छैन ।’ करिमीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने द न्यूज अनलाइनले जनाएको छ ।