फाइल तस्वीर

अन्तर्राष्ट्रिय

खाद्य सुरक्षामाथि जारी चुनौतिको समाधान गर्न कोदोलाई प्रोत्साहन गरौँ : मोदी

By खबरहब

September 21, 2022

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी खाद्य सुरक्षामाथि जारी चुनौतिको समाधानका लागि कोदोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले परम्परागत, पौष्टिक र कम खर्चमा उपलब्ध हुने भएका कारण कोदोलाई प्रोत्साहन गर्नुपर्ने बताएको भारतबाट प्रकाशित हुने इण्डियाब्लूम्स अनलाइनले जनाएको छ ।

‘आज विश्वले अर्को ठूलो संकटको सामना गरिरहेको छ – र यो हाम्रा नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउनु हो ।’ मोदीलाई उद्धृत गर्दै उक्त अनलाइनले जनाएको छ, ‘यसको एउटा समाधान कोदोको उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नु हो ।’

संयुक्त राष्ट्रसंघले आगामी वर्ष सन् २०२३ लाई ‘संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रि कोदो वर्षका रुपमा मनाउँदैछ ।