ब्रेकिङ स्टोरी

कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटना

By खबरहब

October 21, 2022

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।

उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् । सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भनेका छन् ।

एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।