फाइल फोटो

राजनीति

एमालेलाई सरकारमा जान कसैले रोक्दैन : ओली

By खबरहब

October 21, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन् ।

उनले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे । ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गरे । उनले अरुजस्तो फ्रि भिसा फ्रि टिकट भनेर एमाले कहिल्यै नहिँडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने बाचा गरेको बताए । अहिले जनतालाई अल्मल्याउने नभई देशको विकास गर्ने बेला भएको उनको भनाई छ ।

उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरि तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।