फाइल फोटो

राजनीति

कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनीत

By खबरहब

October 21, 2022

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित प्रवास समन्वय प्रचारप्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ ।

कांग्रेसले नेता किरणराज शर्मा पौडेल संयोजकत्वमा गठित उपसमितिमा आज पार्टीका विदेशस्थित जनसम्पर्क समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई मनोनीत गरेको जनाएको छ ।