प्रतिकात्मक तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

सम्पत्ति शुद्धीकरण अभियोगमा बंगलादेशमा एक चिनियाँसहित ५ जना पक्राउ

By खबरहब

October 21, 2022

काठमाडौँ- चिनियाँ मोबाइल एपमार्फत् समाजमा अश्लीलता बढाएर कमाएको पैसा विदेश लैजान खोजेको भन्दै बंगलादेशमा एक चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका छन् ।

बंगलादेशको डेली सङ्ग्राम अखबारका अनुसार चिनियाँ मोबाइल एप बिगो बाङ्लाका चिनियाँ प्रबन्ध निर्देशक सहित ५ जना पक्राउ परेका हुन् । उक्त एपमार्फत् अश्लील सामग्री प्रसारण हुने गरेको बताइएको छ ।

बंगलादेशको अपराधि अनुसन्धान विभाग सीआईडीका अनुसार बिगो बाङ्ला एपका प्रबन्ध निर्देशक याओ जेसहित ५ जनामाथि सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ ।

उनले बंगलादेशबाट ७९ करोड टाका विदेशतर्फ लगेको आभियोग लागेको उक्त अखबारले जनाएको छ ।

उनीबाहेक बिगो बाङ्लामा काम गर्ने नजिमुल हक, आरिफ होसैन र मनसुन होल्डिङ नामक कम्पनीलाई पनि यस मुद्दामा विपक्षी बनाइएको छ ।