ब्रेकिङ स्टोरी

काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

By खबरहब

October 21, 2022

काठमाडौँ – काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको छ । बैठकले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ ।