फाइल फोटो

राजनीति

गठबन्धनको उमेदवारलाई विजयी गराउन रिजालको आग्रह

By खबरहब

October 21, 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धनको उमेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरीको धरानमा आज अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले गठबन्धनको उम्मेदवार विजयी भएमा मात्र संविधान र लोकतन्त्रको रक्षा हुने भएकाले गठबन्धनको उमेदवारलाई भारी मतले विजयी गराउन कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

पार्टीभित्र भएका केही कमजोरी भएको खण्डमा त्यस विषयमा पार्टीभित्रै झगडा गरेर समाधान खोज्न सकिने उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत समस्याको समाधान गर्ने जिम्मा गठबन्धनको सरकारको भएको नेता डा रिजालले बताए ।