नेकपा (एमाले) अध्यक्ष केपी ओली । फाइल तस्बिर

राजनीति

सबै जातजातिलाई समान व्यवहार गरिनुपर्छ : ओली

By खबरहब

October 21, 2022

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् ।

लोकतान्त्रिक जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै जातजातिको सबलीकरणबाट नै मुलुकको विकास हुने उनले बताए । कसैले पनि निहित स्वार्थ बोकेर जातजातिको विखण्डनमा लाग्न नहुनेमा पनि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले जोड दिए ।

जनजातिलगायत अल्पसङ्ख्यक समुदायको समृद्धि र उन्नयनमा पार्टी लागेको बताउनुहँदै उनले यसका लागि समुदायगतरूपमा एकताबद्ध हुनु जरुरी रहेको बताए ।