ब्रेकिङ स्टोरी

महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि

By खबरहब

November 21, 2022

काठमाडौं – गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ। जसअनुसार भक्तपुर-२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

भक्तपुर-२ अन्तगर्तको कटुन्जे-५, कौशलटार- ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन। भक्तपुर-२ मा यसअघि एमालेका महेश बस्नेत विजयी भएका थिए । उनीसँग कांग्रेसका दुलर्भ थापाले प्रतिस्पर्धा गर्दैछन् ।