ब्रेकिङ स्टोरी

मतगणनाको प्रारम्भिक विवरण : एमाले पहिलो, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो

By खबरहब

November 21, 2022

काठमाडौँ – देशभर जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार नेकपा एमालेले पाँच स्थानमा अग्रता लिएको छ।

हालसम्म सार्वजनिक भएको मतगणनाको सुरुवाती विवरणअनुसार नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित, झापा २ र धनुषा-३ मा एमालेले अग्रता लिइरहेको छ।

नेपाली कांग्रेसले झापा ३, भक्तपुर-२ र मुस्ताङमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की–२ र काठमाडौँ ७ मा अग्रता लिइरहेको छ ।