ब्रेकिङ स्टोरी

को हुन् मुस्ताङबाट कांग्रेसको खाता खोल्ने गौचन ?

By खबरहब

November 21, 2022

काठमाडौँ : कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी योगेश गौचन थकालीले प्रतिनिधिसभा चुनावमा पहिलो जित निकालेका छन् । गौचनले ३ हजार ९९२ मत ल्याएर जित निकालेका हुन् । २९ वर्षीय गौचनले नेकपा एमालेका उम्मेद्वार प्रेमप्रकाश तुलाचनलाई पराजित गर्दै युवापुस्ताको प्रतिनिधित्व गराउँदै कांग्रेसको जित दिलाएको चर्चा छ । तुलाचनले ३ हजार ७८ मत ल्याए ।

२९ वर्षीय गौचन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका हुन् । उनी कांग्रेसकै कान्छा उम्मेद्वार तथा प्रतिनिधिसभाकै कान्छा सांसद हुने सम्भावना बढ्दो छ ।

होटल व्यवसायबाट पर्यटनमा जोडिएका थकालीले राजनीति र व्यवसाय सँगसँगै अगाडि बढाएका थिए । विद्यार्थी राजनीतिदेखि कांग्रेसको महासमिति सदस्य भएपछि गौचनले राजनीति उकालो चढेका हुन् ।

गण्डकी प्रदेश कार्यसमिति सदस्य रहेका गौचन पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । बुवाकै कारण उनको राजनीतिले पनि चर्चा र सफलता पाएको हो । कांग्रेसका पूराना नेता रोमी मुस्ताङबाट कांग्रेसवृत्तमा चर्चित नेता मानिन्छन् । सोही कारण उनी मन्त्री समेत भएका थिए ।

मुस्ताङमा युवा उम्मेद्वार गौचनको जितले राजनीतिमा युवा पुस्ताको आकर्षण र सम्भावना बढाएको पनि देखिएको छ ।

यो पनि पढ्नुहोस्ः

कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा गौचन निर्वाचित