ब्रेकिङ स्टोरी

काठमाडौँ उपत्यकामा घण्टीका उम्मेद्वारको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ : काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका हुन् ।

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । उनी ‘टीच फर नेपाल’ संस्थाका संस्थापक हुन् । यस्तै काठमाडौँ ७ मा गणेश पराजुली र काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

ललितपुरमा पनि स्वतन्त्र पार्टीका उम्मेद्वारको चर्चा छ । ललितपुर ३ मा स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले सुरुवाती अग्रता लिएकी थिइन् । तर यो समाचार तयार पार्दासम्म उनी तेस्रो स्थानमा छिन् । यस्तै अन्य ठाउँमा पनि स्वतन्त्र पार्टीका उम्मेद्वारले विस्तारै मत बढाउँदै गएका छन् ।