राजनीति

रुपन्देही–२ मा मतगणना सुरु 

By खबरहब

November 21, 2022

बुटवल– रूपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए ।

 सुरुमा सरस्वती मावि बुटवल-१ र न्युलाइट मावि तिलोत्तमाको पाँच वटा मतपेटिका खोलिएको छ । रूपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।