ब्रेकिङ स्टोरी

स्याङ्जा २ मा पुनः मतदान गर्न माग

By खबरहब

November 21, 2022

पोखरा– स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्मा अर्यालले पुनः निर्वाचनको माग गरेकी हुन् । उनले संयुक्त रूपमा निर्वाचन आयोगमा पत्र बुझाएकी छिन् ।

गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मतदान गरेको आरोप एमालेले लगाएको छ । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले पनि पुनः मतदान हुनुपर्ने माग राखेका छन् । 

चापाकोट नगरपालिकाका चारवटा बुथमा अप्रत्याशित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ । यो क्षेत्रमा कांग्रेसका धनराज गुरुङ उम्मेदवार छन् ।