प्रतिकात्मक तस्वीर

राजनीति

काठमाडौँ क्षेत्र नं २ को मतगणना सुरु

By खबरहब

November 21, 2022

काठमाडौँ– काठमाडौँ क्षेत्र नं २ को मतगणना सुरु भएको छ । राजनीतिक दलका प्रतिनिधिबीच आपसी सहमति जुटाएर केहीबेरअघिदेखि मतगणना सुरु भएको सहायक मतदान अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

मतगणना कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा भइरहेको छ । सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेकामा ५२ हजार नौ सय ५५ मत खसेको थियो ।

सो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट ओनसरी घर्ती, नेकपा (एमाले) बाट मणिराम फुयाँल, राप्रपाबाट कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमलगायत उम्मेदवार हुन् ।